तपाईँ सुन्दै हुनुहुन्छः

धरान उपमहानगरमा नेकपाबाट तिनजना उम्मेदवारको नाम सिफारिश

सुनसरी – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धरान उपमहानगर कमिटीले धरान उपमहानगरपालिकाको प्रमुख पदको लागि एक महिलासहित तिनजना उम्मेदवारको नाम सिफारिश गरेको छ । शुक्रबार बसेको पार्टीको पुर्ण बैठकले जिल्ला कमिटी सदस्यहरु प्रकाश राई, फोक्वाहाङ सुब्बा(चोत्लुङ) र वेण काफ्ले(खतिवडा)को नाम सिफारिश गरेको हो ।

नगर कमिटीले तिनजना उम्मेदवारको नाम सिफारिस गरेकोमा जिल्ला कमिटिमार्फत प्रदेश कमिटीमा जाने बताईएकोछ । नेकपामा थुप्रै नेताहरु उम्मेदवारको आकांक्षी भएपछि अन्तत ः तिनजनाको नाममात्र सिफारिश भएको पार्टीले जनाएको छ ।

एउटा मात्रै पद भएकाले आँकाक्षी धेरै भएपनि सहमतीमा धरानबाट तीन जनाको नाम सिफारिस भएको हो । उम्मेदवारका वलिया आकांक्षी प्रदेश कमिटी सदस्य विजय राई, प्रदेश कमिटी सदस्य अइन्द्रबिक्रम बेघाको नाम भने सिफारिश नभएको बताइएको छ ।

प्रदेश कमिटीले पनि केन्द्रीय कमिटिलाई नाम पठाएपछिमात्र उम्मेदवार को बन्ने भन्ने टुंगो लाग्नेछ । ‘शुक्रबारको बैठकले तिन जनाको नाम सिफारिश गरिएको छ, अब पार्टी पुर्णरुपमा चुनावी अभियानमा होमिन्छ,’नेकपा धरान कमिटी सचिव सुर्दशन श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button