तपाईँ सुन्दै हुनुहुन्छः

अवैध पटाका वरामद

बारा– प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी टोलीले करिब एक लाख मुल्य बराबरको पटाका बरामद गरेको छ । कलैया उपमहानगरपालिका वडा नं.१० निलकण्ठवास्थित सडक किनारमा भारतबाट अवैध रूपमा भित्राईएको करिब एक लाख मुल्य बराबरको पटाका प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक बिकास राज खनालले जानकारी दिनुभयो ।

बरामद बिभिन्न किसिमको पटकालाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button