तपाईँ सुन्दै हुनुहुन्छः

गरिमा धान लगाएका किसानलाई सरकारले क्षतिपूर्ति दिन: सरकारको ध्यानकार्ष

काठमाडौ। प्रतिनिधी सभा कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको आज बसेको बैठकमा वर्णशंकर गरिमा जातको धानवालीमा दाना नलागेको सम्वन्धमा छलफल गरेको छ ।

सिंहदरवारमा बसेको बैठकमा गरिमा जातको धान भनी भनी अन्य प्रकारको धानको बिउबिजन विक्रीवितरण गर्ने संस्था ब्यक्ति र वितरकलाई कारवाही गर्नुपर्ने भन्दै सदस्यहरूले मन्त्रालय तथा सरकारको ध्यानकार्षण गराएका छन् ।
बैठकमा समिति सदस्य हरूले गरिमा जातको धान भनी फरक गुण भएको धानको बिउ बिक्रीबितरण भएको देखिएको ले मर्कामा परेका किसानलाई क्षतिपूर्ती उपलब्ध गराउन समेत माग गरेका छन् ।

बैठकमा समिति सदस्य शान्ता चौधरी, छविलाल विश्वकर्मा, भवानी खापुङ् लगायतका सदस्यहरूले धान मकै लगायतका बिउ बिजन बिक्रीवितरण र किनबेचमा मन्त्रालय संवेदनशील नवनेको धारणा राख्नुभएको थियो ।
बैठकमा कृषि भूमी व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले किसानको समस्या समाधान हुनेगरी मन्त्रालयले उचित कदम चाल्ने बताउनुभयो ।

बैठकमा सरोकारवालाहरूले भारतबाट आयातित बर्णशंकर गरिमा जातको धानको बिउ ल्याउने किसानहरू विचल्लीमा परेको भन्दै समिति सदस्यहरूको ध्यानकर्षण गराएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button