२०७८ साल माघ १२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

११ सयले लिए हिमाल आरोहण अनुमति

रेडियो नेपाल २०७६ कार्तिक १५ गते १४:३९

काठमाडौं । यस वर्षको शरद यामका लागि बिहीबारसम्म एक हजार ११८ जनाले हिमाल आरोहणको अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अहिलेसम्म ४५ ओटा हिमाल आरोहणका लागि १४८ ओटा आरोहण टोलीले अनुमति लिएका हुन् । अनुमति लिनेमा ८८० जना पुरुष र २२० जना महिला आरोही छन्् । कुल ६२ देशका आरोहीले अनुमति लिइसकेको विभागले जनाएको छ ।

2019-11-01-3518
विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यो सिजनमा दुईओटा आरोहण दलले अनुमति लिएका छन् । विभागका अनुसार ती दलबाट १० जना आरोहीले अनुमति पाएका छन् । सबैभन्दा धेरै आमादब्लम हिमालका लागि आरोहण अनुमति जारी भएको छ । विभागका अनुसार २६ ओटा आरोहण दलका ३०१ जनाले अहिलेसम्म आरोहण अनुमति लिएका छन् । त्यसपछि मनास्लु हिमालका लागि २७ ओटा दलका २६४ जनाले अनुमति पाएका छन् । त्यसपछि हिमलुङ हिमालका लागि ९२, धम्पुसका लागि ७६ जना, सरिबुङका लागि ६० जनाले आरोहण अनुमति पाएको विभागले जानकारी दिएको छ । अङ्लोसाङ र सुरा पिक आरोहणका लागि एक÷एक जना आरोहीले मात्र अनुमति लिएका छन् ।

यसबाहेक अन्नपूर्ण थर्ड, धौलागिरि, लाङटाङ, ल्होत्से, मकालुलगायत चर्चित हिमाल आरोहणका लागि पनि अनुमति लिएको विभागले जनाएको छ । हिमाल आरोहणको रोयल्टीबापत मात्रै अहिलेसम्म छ करोड ३६ लाख रुपियाँ सङ्कलन भएको विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै मनास्लु हिमालको आरोहण अनुमतिबापत दुई करोड ७० लाख रुपियाँ सङ्कलन भएको छ ।

सम्बन्धित