तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा बढ्यो सुनको मूल्य

काठमाडौं । साताको अन्तिम दिन आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ७१ हजार २ सय रुपैंयामा कारोबार भैरहेको छ । हिजो बिहीबार ७० हजार ५ सय रुपैंयामा कारोबार भएको सुन आज ७ सय रुपैंयाले बढेर ७१ हजार २ सय रुपैंया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ९ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ७० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button