तपाईँ सुन्दै हुनुहुन्छः

एमसीसी टिम आज नेपाल आइपुग्ने

काठमाडौं । इंग्ल्याण्डको मेरिलबोन क्रिकेट क्लब (एमसीसी) नेपालविरुद्ध सिरिज खेल्न आज काठमाण्डौ आउँदै छ । जिम्मी एडम्सको कप्तानीमा रहने एमसीसीको टिम आज आइपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

एमसीसीले नेपालमा रहंदा काठमाण्डौ र पोखरामा गरी ६ वटा खेल खेल्नेछ । नेपाली राष्ट्रिय टिमविरुद्ध टी–२०, एक दिवसीय र तीन दिवसीय सिरिजका लागि आउन लागेको एमसीसी टिममा अधिकांश खेलाडी इंग्ल्याण्डको यू १९ टिमबाट खेलिसकेका खेलाडी रहेका छन् । टिमको कप्तानी गर्ने एड्म्स टिमका अनुभवी खेलाडी हुन् ।

टिममा रहेका विल रोड्सले २०१४ मा इंग्ल्याण्डको यू १९ टिमबाट खेलेका थिए । पाकिस्तान टिमबाट टेष्ट खेलिसकेका यासिर अराफात पनि टिममा रहेका छन् । उनी २००० देखि २०१२ सम्म पाकिस्तानको टेष्ट टिममा थिए ।

यस्तै टोम वेस्ट्लेले इंग्ल्याण्डका लागि ५ वटा टेष्ट खेलिसकेका छन् । जिम्मी एड्म्सले यसअघि पनि नेपाल विरुद्ध खेलिसकेका छन् ।

एमसीसी टिमले १४ तारिखसम्म नेपालमा मैत्रीपूर्ण खेल खेल्नेछ । यसका साथै एमसीसीले नेपालमा पिच, प्रशिक्षक लाई शिक्षा तथा किट प्रोभिजनमा सहयोग गर्नेछ । यसका साथै पोखरामा नयाँ स्कुल प्रतियोगिता पनि आयोजना गर्नेछ ।

यो टुरमा एमसीसीले एउटा तीन दिवसीय, दुई वटा ५० ओभरको खेल र तीन ओटा टी(२० खेल खेल्नेछ । यसका साथै एमसीसी फाउन्डेसनले पाँच वटा सरकारी स्कुलमा क्रिकेटसम्बन्धी सहयोग गर्नेछ ।

एमसीसीको नेपालमा खेल तालिका

३ नोभेम्बर, एमसीसीविरुद्ध नेपाल यू–१९ टिम (५० ओभर)

४ नोभेम्बर, एमसीसीविरुद्ध नेपाल सिनियर टिम (५० ओभर)

६ देखि ८ नोभेम्बर, एमसीसीविरुद्ध नेपाल (तीन दिवसीय)

९ नोभेम्बर, पहिलो टी(२० एमसीसीविरुद्ध सिनियर र यू १९ को मिक्स टिम)

पोखरामा हुने खेल

११ नोभेम्बर, एमसीसीविरुद्ध पोखरा आमन्त्रण ११ (२० ओभर)

१२ नोभेम्बर, एमसीसीविरुद्ध मुख्यमन्त्री ११(२० ओभर)

प्रतिक्रिया राख्नुहोस्

Back to top button