तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले एसीसी इमर्जिङ कप खेल्ने

अजय बम । नेपालले एसीसी इमर्जिङ कप खेल्ने भएको छ ।

बंगलादेशमा नोभम्बर १२ देखि २४ तारिखसम्म हुने प्रतियोगिताको मिति विहिबार घोषणा गरिएको हो । यसमा नेपालले पनि भाग लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

यस प्रतियोगितामा नेपाल समूह बीमा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् । समूह ए मा पाकिस्तान, श्रीलंका, अफगानिस्तान र ओमान रहेका छन् । नेपालले पहिलो खेल १४ नोभेम्बरमा भारतसँग खेल्ने छ ।

१६ नोभेम्बरमा नेपालले हङकङसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग १८ नोम्भेरमा खेल्ने छ । दुई समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल २३ नोभेम्बरमा मिरपुरमा हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button