तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व कप्तान खड्का अन्तराष्ट्रिय फुटबल कपको सद्भावना दूत

झापा । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का झापामा आयोजना हुने पूर्वाञ्चल अन्तराष्ट्रिय फुटबल कपको सद्भावना दूत नियुक्त भएका छन् ।

आयोजकले विहिबार झापाको विर्तामोडमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी गरायो । जायन स्पोर्टस कलबको आयोजनामा हुने प्रतियोगिता झापाको डोमलाल राजवंशी रंगशालामा हुने छ ।

प्रतियोगिताको विजेताले उपाधिसँगै १२ लाख ५० हजार रुपैयाँ जित्नेछ भने दोस्रो हुने टिमले ६ लाख २५ हजार हात पार्नेछ । प्रतियोगितामा तीन विभागीय र दुई विदेशी सहित १० टोलीको सहभागिता रहने निश्चित गरेको छ ।

२५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलसँगै सिक्किमको आक्रामक फुटबल क्लब, मोलवे आसाम खेल्नेछन् ।

त्यस्तै आयोजक जायन स्पोर्टस क्लब, संकटा, रुपन्देहीको गोर्खा ब्वाइज, झापा एघार र हिमालयन शेर्पा क्लबको सहभागिता जानकारी गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button