तपाईँ सुन्दै हुनुहुन्छः

‘गन्तव्य मर्दी हिमाल’ अभियान शुरु

रासस । पोखरा उद्योग वाणिज्य सघंले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘गन्तव्य मर्दी हिमाल’ अभियान शुरु गरेको छ ।

गण्डकी प्रदेश सरकारले घोषण गरेको ‘आन्तरिक पर्यटन वर्ष २०१९’ र नेपाल सरकारको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउने उद्देश्यका विहिबारदेखि मर्दी हिमाल तर्फको पदयात्रा कार्यक्रम सहित अभियान थालिएको हो ।

चार दिने पदयात्राको क्रममा टोलीले चार हजार ६०० सय मिटर उचाईको मर्दी हिमाल आधार शिविरसम्मको पदयात्रा पूरा गर्नेछ ।

भ्रमण संस्कृतिको विकास गर्दै प्रदेश र सङ्घीय सरकारले घोषण गरेको भ्रमण वर्षको प्रचार गर्न सघंले ‘गन्तव्य मर्दी हिमाल’ अभियान तय गरेको पदयात्रा टोलीका नेता एवं सघंका अध्यक्ष दामु अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button