२०७८ साल माघ १२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकबाट काठमाडौं आउदै गरेको बस दुर्घटना: तीनको मृत्यु, २० भन्दा बढी घाइते

देवराज सुवेदी २०७६ कार्तिक १४ गते १७:५२

मेलम्ची –काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार आमा ह्योल्मो यातायातको बस सिन्धुपाल्चोकबाट काठमाडौं आउँदा गरेको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको हो ।

तीनजनाको घटनास्थलमै मृत्यु भएको र घाइते सबैको उद्धार गरिएको छ । ओरालोमा चिप्लिएर बस दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित