तपाईँ सुन्दै हुनुहुन्छः

विश्व शहरीकरण दिवसका अवसरमा चित्रकला प्रतियोगिता

कञ्चनपुर – कञ्चनपुरको पुनर्वासमा राष्ट्रिय आवास कम्पनी त्रिभुवन बस्तीले विश्व शहरीकरण दिवसका अवसरमा चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।

आज बिहिबार आयोजित माध्यमिक तह स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगितामा सरस्वती मावि, मोतिबस्ती प्रथम भएको छ ।

त्यस्तै, उक्त प्रतियोगितामा पुनर्वास जनता मावि, त्रिभुवनबस्ती द्वितीय भएको छ भने बाल बागिश्वरी मावि, बुद्धबस्ती तृतीय भएको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button