तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलले ठक्कर दिदा एक जना घाइते

टीकापुर कैलाली –कैलालीको टीकापुरमा मोटरसाइकलले ठक्कर दिदा एक जना घाइते भएका छन् । टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १८ स्थित आखा अस्पताल सडक खण्डमा बा.६७ प.११३७ नम्बरको मोटरसाइकलले आज बिहान ठक्कर दिदा टीकापुरको सितापुरका २५ वर्षिय रमित विष्ट घाइते भएका छन् ।

घाइते विष्टको दाहिने खुट्टा भाच्चिएको र टीकापुर अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगंज रेफर गरिएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक टीकापुर जमरा टोलका २२ वर्षिय भूपेन्द्र शाही ईलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेका ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

प्रत्यक्ष दर्शीका अनुसार बाटो काट्ने क्रममा पछाडीबाट आएको मोटरसाईकलले विष्टलाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button