तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुरमा बञ्चरो प्रहार गरी छिमेकीको हत्या गर्ने युवक पक्राउ

टीकापुर कैलाली – कैलालीको टीकापुरमा बञ्चरो प्रहार गरी छिमेकीको हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत कात्तिक ११ गते लक्ष्मी पूजाका दिन टीकापुर नगरपालिका वडा नम्बर ५ मनिकापुरमा बञ्चरो प्रहार गरी छिमेकीको हत्या गर्ने ३२ वर्षीय मोतिराम चौधरीलाई आज पक्राउ गरिएको हो ।

छिमेकी २८ वर्षीय खुसीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी फरार भएका चौधरीलाई आज बिहान धनगढी उपमहानगरपालिका क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिनभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button