तपाईँ सुन्दै हुनुहुन्छः

सिर्सिया नदी प्रदुषित गरेको आरोपमा हिमालयन लेदरका संचालक पक्राउ

बीरगंज।बीरगंज भई बग्ने सिर्सिया नदीमा छाला उद्योगको प्रदुषित पानी मिसाएको आरोपमा प्रहरीले हिमालय लेदर इण्ड्रष्टिजका संचालक चाईनीज नागरिक लिउता छुवाङ्ग सहित तेन्जुङ्ग गुरुङ्गलाई पक्राउ गरेको छ ।

हिमालय लेदर इण्ड्रष्ट्रिज परवानीपुरका सञ्चालक चाईनिज नागरिक ३६ वर्षिय लिउता छुवाङ्ग र भारत घर भई मकवानपुर जिल्ला बस्ने ३५ वर्षिय तेन्जुङ्ग गुरुङ्गलाई सिर्सिया नदीमा रसायनयुक्त प्रदुषित पानी मिसाएको आरोपमा पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो ।

जितपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर २३ स्थित रहेको हिमालय लेदर इण्ड्रष्ट्रिजले सिर्सिया नदीमा प्रदुषित पानी मिसाउदा नदी आसपासका बासिन्दाहरु द्रुगन्धबाट प्रभावित भएको भन्दै स्थानियले दिएको उजुरीको आरोपमा उद्योगका संचालकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो ।
वीरगन्ज पथलैया औद्योगिक करिडोरमा रहेका कलकरखानाहरुले सिर्सिया नदीमा दुषित पानी छाडेपछि अहिले सिर्सिया नदी अत्यन्तै प्रदुषित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button