२०७८ साल माघ २ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

दोदा नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

हरिश चन्द्र बाग २०७६ कार्तिक १४ गते ११:१२

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित दोदा नदिमा माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

पुनर्वास नगरपालिका वडा नम्बर १ बस्ने ५० वर्षीय धर्मराज चौधरीको दोदा नदिमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

साथीभाइसंग‌ै माछा मार्न नदीमा गएका चौधरी बुधबार दिउँसो १ बजेतिर वेपत्ता भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले करीब ३ घण्टा जति खोजी गरेपछि उनको शव फेला पारेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताउनु भयो ।
मृतकको शव परीक्षणका लागि सेती अस्पताल धनगढीमा राखिएको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।

सम्बन्धित