तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा ८६ जना जुवाडे पक्राउ, १२ लाख बरामद

चितवन-दशैँ र तिहारको अवधिमा चितवनमा ८६ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीको चाडपर्व लक्षित योजना अन्र्तगत गत असोज २० गतेदेखि कात्तिक १० गते सम्मको अपरेसनबाट पक्राउ परेका हुन् । उनीहरुबाट ११ लाख ९९ हजार १६५ रुपैयांँ बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र जिल्लाका मातहतका इलाका प्रहरी कार्यालयहरुले विभिन्न समय र स्थानबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिनुभयो । पक्राउ गरिएका मध्ये भरतपुर महानगगरपालिकाबाट ५४ जना, खैरहनीनगरपालिकाबाट २० जना , कालिकाबाट १२ जना रहेका छन । पक्राउ परेका मध्ये ५४ जना जुवाडेको म्याद थपेर थप अनुसन्धान गर्न लागिएको प्रवत्ता कोइरालाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button