तपाईँ सुन्दै हुनुहुन्छः

छठ पर्व आजवाट शुरु

जनकपुरधाम- शुद्धता तथा पवित्रताको पर्वको रुपमा मनाईने महान् सांस्कृति तथा धार्मिक महत्वको छठ पर्व आज देखि शुरु भएको छ । चार दिनसम्म मनाउने छठ पर्व निक्कै कठोर ब्रतको रुपमा पनि रहेको छ ।  प्रकृति र मानवको बीचमा रहेको सम्बन्धलाई अझ प्रगाढ बनाउने शन्देश दिने यस पर्वमा सूर्यको उदाउदो तथा अस्ताउदो रुपमा पूजा गर्ने तथा जल तथा जलको श्रोतको संरक्षण गर्ने गहिरो शन्देश प्रवाह गर्ने गर्दछन् । यसमा नदि, तँलाउँ तथा सरोवरहरुको सरसफलाई गर्ने कामकाज गर्ने चलन रहेको छ ।

पारिवारको कल्याणका साथै एवं सन्तानको सुख शान्ति तथा समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वको पहिलो दिन आज ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् । जस्लाई नहा खा पनि भन्ने चलन रहेको छ । भोली दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर पूरी छठी मैयालाई अर्पण गरेर आफू पनि ग्रहण ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेश्रोे दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूँजा सामग्री घाटमा लगेर पूँजा गर्ने गर्छन् भने चौथोै दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

यस वर्ष छठ पर्वको मुख्य दिन शनिवार परेको छ । शनिवार अस्ताउँदो र आईतबार उदाउँदो सूर्याको अर्घ दिएर छठ पर्व सम्पन्न हुनेछ । छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

तराई मधेशबासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा जुटेका छन् । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ । त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाटलाई श्रृगार्ने काम भैरहेको छ । खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई नयाँदुल्ही झै सजाएर झकिझकाउ बनाउने कार्य जारी छ ।

अस्ताउँदो र उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूँजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने चलन छ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिईन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् । यसको तयारीमा ब्रतालु तथा परिवारहरु एक महिना अगाडी देखि नै लागने गरेका छन् ।

यो पर्वले जातिय एकता तथा भाईचारा एवं आपसी सद्भावलाई प्रदर्शन गर्नुका साथै कृषि उत्पादनको प्रबद्र्धन एवं बजारीकरणमा पनि ठूलो योगदान दिने गरेका छन् । यसमा प्रसादको रुपमा प्रयोग गरिने सामाग्रहरु कृषि उत्पादनसंग सरोकार राख्ने खाद्य सामाग्रहरु रहने गरेका छन् ।
यसका सामानहरु विभिन्न जातजातिले तयार पारेको हुन्छन् भने सवै प्रसादहरु समान प्रकारको रहने गरेकाले कसैलाई पनि हिनता बोधको अवस्था आउन दिने गरेको हुदैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button