२०७८ साल माघ ५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रदेश २ को विकासका लागि सरकारले दृढतापूर्वक काम गरिरहेको छ’

अजय कुमार झा २०७६ कार्तिक १३ गते १७:५०

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नंं २ को विकास निर्माणका लागी सरकारले दृढता पूर्वक काम गरिरहेको बताउनु भएको छ ।

नेकपा जिल्ला कमिटि महोत्तरीले आज महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रदेश नंं २ लाई समृद्ध बनाउन हुलाकी सडकको निर्माणका साथै सुनकोशी–कमला, सुनकोशी–मरिन–वागमती सिञ्चाई योजनाको लागि डाईभर्सनको निर्माण नेकपाकै सरकारले गर्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले जनकपुर–भिठामोड सडकलाई ६ लेनमा रुपान्तरण गर्नका लागि भौतिक मन्त्रालयले काम अगाडी बढाएको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएको अध्यक्ष प्रचण्डले आगामी मंसिरमा हुने उपनिर्वाचन उपचुनाव प्रदेश नम्बर २ मा सुशासन दिन नसकेको र मधेशी जनताको भावना अनुसार कामकाज नगर्नेको विरुद्धमा हुने बताउदै नेकपा मधेशी जनताको न्यायको पक्षमा रहेको प्रष्ट गर्नुभयो ।
आवाज ४३ सेकेण्ड
अध्यक्ष प्रचण्डले न्याय प्रेमी मधेशी जनता तथा मधेशको विकासका सवालमा आफ्नो लभ नै परेको पुनः दोहर्याउदै वर्तमान सरकारको एक मात्र लक्ष्य नै समृद्ध नेपाल निर्माण गर्नु भएकाले सोही अनुसार नै पछाडी परेको र पछाडी पारिएका वर्गको उत्थानका लागि सरकारले काम गरिरहेको बताउनुभयो ।

नेकपाका महासचिव विष्णु पौडेलले प्रदेश नंं २ सरकारले मधेशी जनताको विकासको चाहना पुरा गर्न नसकेको र सुशासन दिन सक्षम नभएकाले आगामी मंसिरमा हुने उपनिर्वाचनमा विकास र समृद्धिको अगुवाई गर्ने नेकपाको पक्षमा जनमत आउने विश्वास व्यक्त गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २ नम्बर प्रदेशको विकासका लागि प्राविधिक शिक्षामा जोड दिने गरी सरकारले कार्य गरिरहेको बताउनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विद्यापतिले १४ वर्षसम्म साधना गर्ने गाउँको रुपमा रहेको बनौलीको विकासका लागि मन्त्रालयले दीर्घकालिक कार्ययोगना निर्माण गर्न लागेको उल्लेख गर्नुभयो ।

नेकपाका महोत्तरी जिल्ला ईन्चार्ज राजु खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा प्रदेश नंं २ का अध्यक्ष प्रभु साह, केन्द्रीय सदस्य रामकुमार शर्मा लगायतका वक्ताहरुले पिपराको अध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनमा नेकपाका उम्मेदवारको पक्षमा जनताले मत जाहेर गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका ५ सय भन्दा बढीलाई पार्टीमा अध्यक्ष प्रचण्ड तथा महासचिव विष्णु पौडेलले स्वागत गर्नु भएको थियो ।

सम्बन्धित