तपाईँ सुन्दै हुनुहुन्छः

‘दायित्व पुरा नगर्दा समाज समृद्धिको बाटोमा अघि बढेन’

वीरगञ्ज । नेकपाका बरीष्ठ नेता एवं पूर्व प्रधानमन्त्रि माधव कुमार नेपालले अधिकारको कुरा गर्ने तर आफनो कर्तव्य र दायित्व पुरा नगर्दा नेपाली समाज समृद्धिको बाटोमा अगाडी बढन नसकेको बताउनु भएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चले आज वारामा दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा वरिष्ठ नेता नेपालले निजगढ अन्तर्राष्ट्रिय विमान स्थल मंसिर महिना भित्रैमा शिलान्यास गर्ने तयारीमा सरकार जुटेको खुलासा गर्नु भयो ।

उहाँले स्विस कम्पनिले डिपिआरको निर्माण गर्ने जिम्मेवारी पाएको बताउदै तिन वर्षभित्रमै विमानस्थल निर्माण सम्पन्न गर्ने गरी आवश्यक तयारी भई रहेको बताउनु भयो ।

वरिष्ठ नेता नेपालले समग्र तराई मधेश तथा प्रदेश नम्बर २ कै विकासको ढोकाको रुपमा रहेको काठमाण्डौ निजगढ फास्ट ट्रयाक, निजगढ अन्तर्राष्ट्रिय विमान स्थल र वाराको सिमरामा निर्माण भईरहेको विशेष आर्थिक क्षेत्र सेजको निर्माण कार्यलाई तोकिएको समयमा सम्पन्न गर्न राष्ट्रिय सहमति समेत जुटेको बताउनु भयो ।

नेता नेपालले तराई मधेशमा जरो गाडेको दाईजो प्रथाको अन्त्यको लागि विशेष अभियान चलाउनु पर्ने कुरामा जोड दिदै छोरी पनि प्रधानमन्त्री, राष्ट्रपति हुन सक्ने र छोरीलाई छोरा सम्मान व्यवहार गरेमा मात्रै नयाँ नेपाल र सुन्दर समाजको स्थापना हुने दावी गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button