तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा पर्यटन वर्ष एक दशकसम्म चल्ने : मन्त्री भट्टराई  

जनकपुरधाम– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री युगेश भट्टराईले पर्यटन वर्ष २०२० को शुरुवात भोलीबाट धार्मिक तथा सांस्कृतिक शहर जनकपुरधामवाट शुरुवात गर्न लागेको जानकारी दिनु भएको छ ।

पर्यटनमन्त्री भट्टराईले नेपाल पत्रकार महासंघ धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सो कुराको जानकारी गराउनु भएको हो ।

उहाले मुलुकको समृद्धिको अधार पर्यटन भएको र पर्यटनका लागि पूर्वाधारहरुको निर्माण गरिने क्रम मुलुकमा तीब्रगतिका साथ भईरहेकाले नेपाल सरकारले पर्यटन वर्ष एक दशकसम्म मनाउने तयारीमा रहेको बताउनुभयो ।

पर्यटकीय प्रवद्र्धनका लागि अन्तरप्रदेश हवाई सेवा सञ्चालन तथा जनकपुरधामदेखि पशुपतिनाथ, पशुपतिनाथदेखि मुक्तिनाथ र मुक्तिनाथदेखि दामोदर कुण्डसम्म हवाई मार्ग विस्तार गर्ने गृह कार्य भइरहेको पनि उहाँले स्पष्ट गर्नुभयो ।

पर्यटनमन्त्री भट्टराईले संघीय सरकारले अन्तरप्रदेश हवाई उड्डानका लागि गृहकार्य गरेको बताउदै आफ्नो मन्त्रालयले सार्वजनिक गरेको एक सय ४१ बुदे कार्ययोजनामा जनकपुर विमानस्थललाई क्षेत्रिय अन्तर्राष्ट्रिय विमान स्थलको रुपमा स्तरोन्नति गर्ने बताउनुभयो ।

उहाले जनकपुरधाममा विवाह गर्न चाहनेहरुका लागि आकर्षक विवाह मण्डपको निर्माण गर्न जरुरी रहेको बताउदै यसको निर्माणले जनकपुरधाममा विवाह गर्न चाहने विश्वका बिशिष्ट व्यक्तिहरुको ओईरो नै लाग्ने बिश्वास पनि व्यक्त गर्नुभयो ।

प्रदेश नंं २ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश रायले पर्यटा वर्ष २०२० लाई सफल बनाउनका लागि प्रदेश सरकारले हरेक प्रकारले सहयोग गर्नका लागि तयार भएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रममा पर्यटन वर्ष २०२० का संयोजक मनिष झा, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक बलराम ठाकुरले पनि बोल्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button