२०७९ साल साउन २५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

बोलेरो दुर्घटना हुदाँ एकको मृत्यु, पाँच जना घाइते

चिरञ्जीवी मास्के २०७६ कार्तिक १३ गते १२:५८

दोलखा- दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ सोक्लामा आज बिहान बोलेरो दुर्घटना हँुदा एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् ।

चरिकोट आउदै गरेको बा १४ च ७६७ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा भीमेश्वर नगरपालिका वडा नम्बर २ डाँडागाँउका भोजबहादुर ओलीको ९ बर्षिय छोरी रोशनी ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।

रोशनीको चरिकोट प्रस्तावित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी भीमेश्वर नगरपालिका वडा नम्बर २ डाँडागाँउका चालक २५ बर्षिय मनु तमाङ, ३५ बर्षिय भोजबहादुर ओली, भोजबहादुरको श्रीमती ३० बर्षिय दुर्गा ओली, भोजबहादुरको छोरा ५ बर्षिय रोहन ओली र वडा नम्बर २ तिखातलको ३७ बर्षिय रञ्जनी तमाङ घाईते भएको र उनीहरुको प्रस्तावित चरिकोट अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव निरीक्षक यज्ञनन्दन शाहले बताउनुभयो ।

बोलेरोमा ९ जना रहेकोमा तीन जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । बोलेरो कच्ची सडकबाट २५मीटर तल खसेको थियो । दुर्घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय दोलखाबाट गएको प्रहरी टोलीले घाईतेहरुको उद्दार गरी चरिकोट पठाएको थियो ।

सम्बन्धित