तपाईँ सुन्दै हुनुहुन्छः

कोदो खेतीमा फर्किंदै पर्वतका किसान

पर्वत पर्वतमा कोदोको उत्पादनतर्फ किसानको ध्यान जान थालेको छ । कृषि ज्ञान केन्द्र पर्वतले बिगत तीन वर्षदेखि कोदो खेती मै किसान फर्किन थालेको जनाएको छ ।

कोदाको परिकारको महत्व बारेमा किसानहरु जानकार हुँदै गएको र कोदोको माग बढेको हुनाले पहिले खेती गर्न छोड्दै गएका फेरि यहि खेतीमा फर्किन थालेको कृषि प्राविधिकहरु बताउँछन् ।

लेकाली बस्तीमा भन्दा बेशीका बस्तीहरुमा पुनः किसानहरु कोदोखेतीमा फर्किएको रेग्मीले बताउनुभयो । पछिल्लो समय आयातित अन्नमा विषादीको प्रयोग हुने कुरा बुझेकाहरुले सन्तुलित र स्वस्थ भोजनको रुपमा कोदाको परिकार खाने गरेका छन् ।

जिल्लाको २८ हजार पाँच सय ९२ हेक्टर खेतियोग्य जमिनमध्ये आठसय हेक्टरमा कोदोखेती हुने कृषि कार्यालयसंग तथ्याङ्क छ । गएका तिन वर्षयता बेसीमा कोदो खेतीको क्षेत्रफल बढ्दो छ । । चालु वर्ष पनि करिव दुईसय हेक्टर कोदोको क्षेत्रफल बढेको कृषि ज्ञान केन्द्रका बरिष्ठ कृषि बिकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिनुभयो ।

जिल्लाको कतिपय क्षेत्रमा सिँचाईको सुबिधासँगै कोदो फल्ने बारीमा धान लगायत बढी आम्दानी दिने र बैकल्पिक बालीको खोजिमा किसानहरु छन् । कटुवाचौपारी, पिपलटारी, शंकरपाखरी, मुडिकुवा, कुर्घा, मल्लाज, तिलाहार लगायतका गाउँमा कोदो खेती मै किसान फर्किन थालेको कृषिको अध्ययनले देखाएको छ । कृषि ज्ञान केन्द्रले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यक्रममा कोदो जोन बनाउने योजनामा रहेको बरिष्ठ कृषि विकास अधिकृत रेग्मीले बताउनुभयो । अहिलेसम्म धान र मकैको जोन बनिसकेको छ ।

तर बजारमा पाइने खाद्यान्नको तुलनामा आफ्नै खेतबारीमा उत्पादन भएको खानामा पौष्टिक तत्व बढी हुने भएकोले बाँझो जमिनलाई उपयोग गर्दै कोदो रोप्न थालेका हुन् ।

पहिला खाद्यान्नको विकल्प नभएर कोदो खानेहरु अहिले सन्तुलित आहारका रुपमा कोदाको परिकार खाने बानीको विकास भएको कृषि प्राविधिक कृष्णप्रसाद तिवारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button