तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल संवतमा सांस्कृतिक र्याली

दोलखा । नेपाल संवत ११४० (न्हुदँया भिन्तुना) को अवसरमा सदरमुकाम चरिकोटमा सांस्कृतिक ¥याली तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।

चरिकोट गुठी, लालिगुरास युवा क्लब लगायतका संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको अवसरमा चरिकोट भालुखोलामा रहेको शंखधर श्वाखाको शालिकमा माल्र्यापन समेत गरिएको थियो । ¥यालीमा धिमे बाजा सहित नेवारी पहिरनमा नेवार समुदायका मानिसहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्नुहुदै भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेतले बिभिन्न जात जातिको धर्म, संस्कृति र परम्परागत रितिरिवाज नगरपालिकाकै सम्पत्ति भएकोले सामाजिक संस्कार संस्कृतिको जगेर्नाको लागि भीमेश्वर नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो ।
चरिकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आले, नेपाल पत्रकार महासंघका पुर्व कन्द्रीय सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ दोलखा शाखाका पुर्व अध्यक्ष राजेन्द्र मानन्धर र लालिगुँरास युवा क्लब चरिकोटका सचिव मनकुमार श्रेष्ठ (विपिन श्रेष्ठ) ले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सामाजिक कामहरुमा आर्थिक एवं सहभागिता मूलक सहयोग गर्ने मिलिजुली साकोस, अर्थ भुमि साकोस लगायत बिभिन्न संघ संस्था र व्यक्तिहरुलाई सम्मान गरिएको लालिगुँरास युवा क्लब चरिकोटका अध्यक्ष प्रविण श्रेष्ठले बताउनु भयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button