तपाईँ सुन्दै हुनुहुन्छः

खोटाङमा बस दुर्घटना हुँदा सात जना घाइते

खोटाङ- खोटाङमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बुधवार बिहान दिक्तेलदेखि विराटनगरको लागि छुटेको को १ ख ६३२० नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका–१० अखौंलेमा दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।

इतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल दिक्तेल ल्याइए पनि घाइतेहरुको नाम भने खुलेको छैन । बस सडकबाट करीव ४० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button