तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारास्थित आहालडाँडामा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा चौतारा सागाचोकगढी नगरपालिका–६ पीपलडाँडाका १९ वर्षीय अनिशकुमार कुँवरको मृत्यु भएको प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिनुभयो ।

चौताराबाट इर्खुतर्फ जाँदै गरेको मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

घाइते कुँवरलाई उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button