तपाईँ सुन्दै हुनुहुन्छः

छ जना जुवाडे पक्राउ

बारा – जिल्ला प्रहरी बारा कार्यालय बाराले कौडा खेलीरहेको अवस्थामा सोमबार छ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा प्रसौनी गाउँपालिका वडा नं.६ बेलहिया टोलस्थित खाली जग्गामा जुवा कौडा खेलिरहेको अवस्थामा उनीहहरुलाई पक्राउ गरिएको प्रहरी जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट नगद रु.७ हजार ५ सय ५० रुपैया र १६ थान कौडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक रंजित सिँह राठोरले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका वडा नं.६ बेलहिया टोल बस्ने मोतिलाल ठाकुर , पन्नालाल साह , किरण कुमार पडित ,अजय कुमार पडित , रामएकबाल प्रसाद साह र दिनानाथ प्रसाद तेली रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button