तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल संवतको तयारी पूरा

काठमाडौँ । नेवार समुदायले मनाउने नेपाल सम्वत् (नयाँ वर्ष) ११४० मनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल सम्वत् ११४० न्हुदँ राष्ट्रिय समारोह समितिले भोली कात्तिक १२ गते कार्यक्रमलाई विशेष उत्सवका रुपमा मनाउन काठमाडौंको वसन्तपुरमा सांस्कृतिक र्याली, टोल शहरमा दीप प्रज्वलन, सुकुन्दा र्याली, खेलकूद कार्यक्रमको आयोजना गरेको छ ।

नयाँ वर्षलाई स्वदेश तथा विदेशमा हर्षोल्लासका साथ विविध कार्यक्रम गरी मनाउन समितिले अनुरोध समेत गरेको छ ।

काठमान्डौको वसन्तपुरमा सांस्कृतिक र्यालीपछि आयोजना हुने मुख्य समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरी शुभकामना दिनुहुने कार्यक्रम तय गरिएको समितिका अध्यक्ष रमेश महर्जनले जानकारी दिनुभयो ।

यस वर्ष तिथि–मिति घटबढ भएका कारण यही कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button