तपाईँ सुन्दै हुनुहुन्छः

दिपावलीगर्न वालेको दियोवाट आगोलागी, एक वालकको ज्यान गयो

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका ५ मा गएराती दिपावली गर्ने क्रममा भएको आगलागीमा एक वालकको मृत्युु भएको छ ।

स्थानिय युुवराज गिरीको घरमा दिपावलीगर्न वालेको दियोवाट राती साढे १० वजे भएको आगलागीमा परि उनका चार वर्षिय छोरा युुसन गिरीको मृत्युु भएको मोरङ प्रहरीले जनाएको छ ।

छिमेकीको घरमा सुुतिरहेको आफना छोरालाई आमाले आफनो घरमा सुुताएर छोरी लिन घर वाहिर गएको अवस्थमा आगलागी भएको मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले वताउनुभयोे । छोरालाई ढोका थुुनेर गएको अवस्थामा वालक सुतेको काृेठामा वलेको दियोवाट आगलागी शुरु भएको उहाको भनाई छ ।

अगलागीवाट गिरीको एकतल्ले घर सुनचादी, खद्यान्नका समान समेत नष्ट भई १२ लाख वरावरको क्षति भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button