२०७९ साल भदौ २ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा बन्दैछ विश्वकै नमूना बञ्जिजम्प

रोशन तिवारी २०७६ कार्तिक ११ गते ९:४३


पर्वत । कालीगण्डकी नदीमाथी विश्वकै नमूना बञ्जिजम्प बन्दै छ । पर्वतको कुश्मा बाट बागलुङको बलेवा जोड्ने गरि नदीमाथी बञ्जिजम्प बनाईँदै छ । बञ्जिजम्पले केहि महिनामै सेवा शुरु गर्ने तयारी गरेको छ । करिव २० करोड लगानीमा सञ्चालित साहसिक पर्यटनको यो पुल धौलागिरिकै नमुना पर्यटकिय गन्तव्य बन्ने लगानीकर्ताहरुको दाबी छ ।

कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल बनिसकेको छ । नौलो प्रविधिको लठ्ठामा झुण्ड्याइएको पुलबाट साढे दुई सय मिटर तल बगेको कालीगण्डकीको बिचमा बन्जी गर्न मिल्नेगरि प्राविधिकहरु निर्माणमा व्यस्त छन् । पर्वत जिल्लाका ११ जना यूवाको लगानीमा यो सबै काम भैरहेको छ । कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई जोडेर २२८ मिटर उचाइबाट बन्जी गर्न मिल्नेगरि व्यवसायीले लगानी गरेका हुन् ।

लगानीकर्ताहरुले करिव १५ करोड अनुमानमा शुरु गरिए पनि डिजाइन र प्राविधिक कारणले करिव पा“च करोड बढेको जनाएका छन् । द क्लिफ प्रा.लि. मार्फत गरिएको लगानीमा कम्पनीकै नामबाट बन्जी, रिसोर्ट, स्काई साइक्लिङ र स्वीङ सञ्चालन गर्ने तयारी छ ।

०७३ बैसाखमा शुरु बन्जी सहित रिसोर्टका संरचनाको निर्माणकार्य करिव ९५ प्रतिशत सकिएको छ । बन्जीसंगै स्काई साइक्लिङ, स्वीङ (लठ्ठामा मच्चिने पिङजस्तो खेल) र रिसोर्ट समेतको एकैसाथ सञ्चालन तयारी छ ।

यहाँ आउने पर्यटकलाई बास बस्नका लागि रिसोट बनाईदै छ । त्यसका लागि बलेवामा २५ रोपनी जग्गामा संरचना निर्माण भइरहेको छ । गण्डकी प्रदेशको राजधानी पोखरा बाट ५७ किलोमिटर उत्तरमा पर्ने कुश्मा मुक्तिनाथको प्रवेशद्धार पनि हो । त्यसले पनि यहा“को वन्जी बिदेशीको रोजाइमा पर्ने अनुमान छ । उत्तर–दक्षिण छिमेकि मुलुक जोड्न निर्माणाधिन कालीगण्डकी करिडोर र मध्य पहाडी राजमार्ग पुर्ण रुपमा सञ्चालनमा आएपछि भारतिय र चिनिया पर्यटक बढी आउने पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो ।

सम्बन्धित