तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा १ को मृत्यु

चितवन । चितवनको खैरहनीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । खैरहनी ८ पर्सा बजारमा गए राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख१७४१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५५ प २१३१ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक खैरहनी १ बस्ने बर्ष ३० को अनिल अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । दुर्घटनामा परि गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button