२०७८ साल माघ ८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

बिद्युत प्राधिकरणको सवस्टेशनमा आगलागी

देवराज सुवेदी  २०७६ कार्तिक १० गते १५:१२

मेलम्ची– नेपाल बिद्युत प्राधिकरणको सिन्धुपाल्चोक वितरण केन्द्रको सवस्टेसनमा आगलागी भएको छ । आइतबार मध्यान्ह १२ बजेर २५ मिनेट जाँदा सवस्टेसनको टान्सफर्मर अचानक पड्कीएर आगलागी हुँदा ३० एमभीए क्षमताको टान्सफर्मर पूर्ण रुपमा जलेको छ ।

अचानक टान्सफर्म ठूलो आवाजका साथ पड्किएको र त्यसपछि सवस्टेसनमा आगोको मुस्लो उठेको सवस्टेसनका कर्मचारी फुर्पासाङ्गे लामाले जानकारी दिए । ‘अचानक ठूलो आवाजका साथ पड्कीयो, त्यसपछि त राँको उठिहाल्यो’, उनले भने, ‘एकदुई जनाले तत्काल निभाउन सक्ने अवस्था नै भएन ।’

आगलागीपछि नेपाली सेनाको बिद्युत प्राधिकरण सुरक्षा गुल्म, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्राधिकरणका कर्मचारी र स्थानीय अगुवाहरु आगो नियन्त्रणमा खटिएपछि झण्डै डेढ घण्टामा आगो नियन्त्रणमा आयो । आगलागीपछि नेपाली सेना तत्काल नियन्त्रणमा खटिएको नेपाली सेनाका प्राधिकरण सुरक्षा गुल्मका क्याप्टेन प्रल्हाद केसीले बताए ।‘

प्राधिकरणका अनुसार जलेको टान्सफर्मरमर्मत हुने नहुने यकिन छैन । केबुल र क्वाईनहरु नै जलेका छन्, ३० एमभीए क्षमताको यो टान्सफर्मर पूर्ण रुपमा क्षति भएको अनुमान छ । ‘यो टान्सफर्मरको मुल्य ३ करोड भन्दा बढि पर्दछ, मर्मत हुन सकेन भने ३ करोड त उसै क्षती भइहाल्यो’, सिन्धुपाल्चोक वितरण केन्द्रका इलेक्ट्रीक ईन्जिनियर राजन भण्डारीले भने ।

सम्बन्धित