तपाईँ सुन्दै हुनुहुन्छः

जनगायक शर्माको छोराको उपचारका लागि सांसदको सहयोग

काठमाडौं । जनगायक जीवन शर्माको छोराको उपचारका लागि तनहुँ क्षेत्र नं १ का सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृत आचार्यको उपचारमा सहयोग गर्ने उद्देश्यले सांसद श्रेष्ठले रु ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

जनताका पक्षमा गीत गाउने वरिष्ठ कलाकार शर्माको परिवारमाथि आइपरेको विपत्मा साथ दिन एक महीनाको तलबवापतको रकम सहयोग गर्न लागेको सांसद श्रेष्ठले जानकारी दिनुभयो ।

“जनगायक शर्माको छोराको उपचारका लागि सरकारले पनि गम्भीर भएर सहयोग गर्नुपर्छ”, सांसद श्रेष्ठले भन्नुभयो, “घोषणा गरेबमोजिमको रकम केही दिनभित्रै उपलब्ध गराउँछु ।” शर्माका छोरा अमृतको घाँटीको नलीमा जटिल समस्या देखिएको छ । जनगायक शर्माले आर्थिक अभावका कारण छोराको उपचारमा कठिनाइ भइरहेको बताउनुभयो ।

सांसदमा निर्वाचित भएसँगै सांसद श्रेष्ठले आफ्नो तलबवापतको रकम जिल्लास्थित विभिन्न सङ्घसंस्थालाई उपलब्ध गराउँदै आउनुभएको छ । सांसद श्रेष्ठले विभिन्न विद्यालय, आमा समूह, मठमन्दिर, खानेपानी योजना लगायतलाई आफ्नो तलबवापतको रकम उपलब्ध गराउनुभएको छ ।

यसैगरी यूकै बासी नेपालीहरु मोती खरेल, चेतन सापकोटा, चुम्मन पसाई , बलराम पौडेल, खिम सुबेदी, दिबाकर पाण्डे यादुमणी सापकोटा, बिष्णु न्यौपाने टिकराम खराल बाबुराम सापकोटा,बलराम कडेल , सागर भण्डारी , बिदुर पर्साद शर्मा ,चेतमान केसी युके, गँगाधर सापकोटा
र स्कटल्याड फाईफ कम्युनिटीका साथीहरूः कृष्णअर्याल,बलभद्रअमाई,भानु कण्डेल लक्षमण अधिकरी,राम पर्साद बगाले र
कृष्ण जिसीले पनि शर्माको छोराको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ ।

उहाँहरुबाट नेपाली ६० हजार सहयोग प्राप्त भएको शर्माको छोराको उपचारमा सहयोग अभियान चलाइरहनुभएका अभियन्ता सुदिप बस्नेतले जानकारी दिनुभयो ।

यस अघि सांसद शान्ता चौधरीले शर्माको छोराको उपचारका लागि केही रकम सहयोग गर्दै सबैलाई सहयोग गर्न अपिल गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button