तपाईँ सुन्दै हुनुहुन्छः

लोपोन्मुख चेपाङ समुदायलाई खाद्य सामाग्री वितरण

बारा । निजगढ नगरपालिका वडा नम्बर १३ को कार्यालयले चेपाङ समुदायलाई विभिन्न खाद्य सामाग्री वितरण गरेको छ । चाडपर्व लक्षित गर्दै आर्थिक रुपमा बिपन्न समुदायलाई शुक्रवार वडाले चामल,दाल,तेल लगायत आवश्यक खाद्यान्न प्रदान गरेको हो ।

देशभर न्यून जनसंख्या रहेको चेपाङ समुदायको बसोबास बारा सहित मकवानपुर,चितवन र धादिङ जिल्लामा रहेकोछ ।
आर्थिक,शैक्षिक लगायत विभिन्न कारणले पछि परेको चेपाङ समुदायको उत्थानकोलागी सरकारले विशेष योजना ल्याउनुपर्ने वडा अध्यक्ष सुर्य घलानले बताउनुभयो ।

लोपोन्मुख जातको रुपमा रहेको चेपाङ समुदायको स्तर उकास्नको लागि निजगढ नगरपालिकाले समेत विभिन्न आवश्यक कार्यहरु गर्दै आईरहेको निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश कुमार खनालले बताउनुभयो । ती समुदायका लागि बोर्ड बैठकबाट थप योजनाहरु ल्याई शिक्षा, स्वास्थ्य र खानेपानी, बिजुलीबती लगायतका सुबिधा प्रदान गर्ने सोच रहेको नगर प्रमुख खनालले जानकारी दिनुभयो ।

प्रदेश नम्बर २ मा निजगढ नगरपालिका वडा नम्बर १३ मा मात्रै चेपाङ समुदायको बसोबास रहेको छ । ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने उनीहरुलाई हिउँद लागेसङ्गै जाडो कसरी कटाउने भन्ने चिन्ताले सताउन गर्छ । हालै निजगढ फेड्स सर्कल अफ निजगढमा आवद्ध युवाहरुले उनीहरुलाई कपडा सहयोग गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button