तपाईँ सुन्दै हुनुहुन्छः

समाजिक सुरक्षा भत्ताबाट घुस लिएको आरोपमा वडासचिव यादव पक्राउ

बारा । वृद्ध तथा अपाङ्गहरुको समाजिक सुरक्षा भताबाट घुस लिएको आरोपमा आर्दश कोतवाल गाँउपालिका वडा नम्बर ६ का वडासचिव रामएकवाल यादवलाई प्रहरीले पक्राँउ गरेका छन् ।

उनले प्रत्येक व्यक्तिहरुवाट जनही रु १ सय रुपैया कटौती गरि करिब १२ हजार ७ सय ४८ रुपैया जम्मा गरिसकेको अवस्थामा पटेर्वाका स्थानियहरुले प्रहरीलाई खबर गरेपछि ईलका प्रहरी कार्यालय महेन्द्रबाट खटी गएको टोलीले वडा सचिव यादवलाई सो रुपैया सहित पक्राउ गरिएको प्रहरी प्रवक्ता रंजित सिह रठौरले जानकारी दिनुभयो ।
वडा सचिवलाई प्रहरी हिरासतमा राखेर थप अनुसंन्धान भईरहेको प्रवक्ता राठौरले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button