तपाईँ सुन्दै हुनुहुन्छः

धन्वन्तरी जयन्तीमा स्वास्थ्य परिक्षण र देउसी भैलो

दोलखा- राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरिकोटले जेष्ठ नागरिकको लागि स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

चरिकोटस्थित केन्द्रको कार्यालय परिषरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा एकसय सात जना जेष्ठ नागरिकले स्वास्थ्य परिक्षण गराउनु भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरिकोटका निमित्त प्रमुख विमलकुमार श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा जेष्ठ नागरिकहरुमा देखिने दम, कम्जोरी, हात खुट्टा दुख्ने समस्या, ग्यास्ट्रीक लगायतका रोगको आयुर्वेदीक उपचार गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका निमित्त प्रमुख विमलकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आले, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मानबहादुर राई, सशस्त्र प्रहरी बल दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन क्षेत्री लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

धन्वन्तरी जयन्ती तथा दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा भीमेश्वर नगरपालिका वडा नम्बर ३ मा रहेको सातदोबाटो चरिघ्या टोल सुधार समितिले चियापान तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आले, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामा, पूर्व अध्यक्ष राजेन्द्र मानन्धर, उद्धव पोखरेल, पत्रकार दीपशङ्कर चौलागाई, सातदोबाटो चरिघ्या टोल सुधार समितिका अध्यक्ष दावा लामा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी धन्वन्तरी जयन्ती तथा दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा गौरीशंकर युवा समुह दोलखाले खबरदारी मूलक तन्नेरी देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, मेलुङ गाउँपालिकाका प्रवक्ता एवंम वडा नम्बर ३ का वडा अध्यक्ष हिरा थोकर, जवाफदेहिताका लागि गौरीशंकर युवा समुह दोलखाका अध्यक्ष गणेश बुढाथोकी, अर्जुन दहाल लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा समाजमा अहिले देखिएको बिकृति विसङगती र राजनीतिक विसङ्गती विरुद्ध व्यङ्ग्यात्मक देउसी भैलो र गीत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button