तपाईँ सुन्दै हुनुहुन्छः

तिहार बिदामा निगमले देशभरका डिपो खुल्ला राख्ने

काठमाडौं । नेपाल आयल निमगले चाडपर्वको समयमा इन्धन अभाव हुन नदिन तिहार बिदाका दिन पनि देशभरका डिपो खुल्ला राख्ने भएको छ ।

इन्धनको अभाव हुन नदिइ आपूर्ति व्यवस्थालाई सहज बनाउन सातै प्रदेशका डिपो बिदाका दिन पनि आवश्यकता अनुसार खुल्ने निगमले जनाएको छ ।

उपत्यकामा इन्धन आपूर्तिमा कुनै समस्या नआओस् भनेर थानकोटस्थित डिपो सोमबारसम्म पूर्ण रुपमा खुल्ने डिपो प्रमुख विनितमणि उपाध्यायले जानकारी दिनुभयो । अन्य स्थानको तुलनामा काठमाडौँ उपत्यकामा इन्धनको माग बढी हुने गर्दछ ।

निगमले पेट्रोल पम्पलाई पनि पर्याप्त इन्धन मौज्दात राख्न आग्रह गरेको छ । बिदाका समयमा इन्धनको माग भएमा वितरण प्रणालीलाई सहज बनाउन प्राविधिकसहित १५ कर्मचारीलाई आवश्यकता अनुसार खटाइएको प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button