तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउने भन्दै बागलुङमा मोटरसाईकल यात्रा सुरु

बाग्लुङ। सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउने भन्दै बागलुङमा मोटरसाईकल यात्रा सुरु भएको छ । नेपाल भ्रमणमा आउने पर्यटकलाई बागलुङका पर्यटकीय क्षेत्रसम्म जोड्न प्रचार प्रसार गर्ने उदेश्यले बागलुङ कालिका भगवतीको मन्दिरदेखि पर्यटकीय दह गाजाको दहसम्मको लागि मोटरसाईकल यात्रा सुरु गरिएको हो ।


‘पहिला गृह जिल्ला अनि मात्र स्वदेशका चार किल्ला’ भन्ने नाराका साथ पर्यटन विकास केन्द्र बागलुङ, घुमन्ते ‘दि अमेजिन ट्राभल्स ’ र सामुदायिक घरबास गाजाको दहको समयोजकत्वमा प्रशिद्ध धार्मिक तथा पर्यटकिय स्थल बागलुङ कालिका भगवतीको मन्दिरदेखि सुरु भएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button