तपाईँ सुन्दै हुनुहुन्छः

दुई अर्बको सुख्खा फलफुल, मिठाई तथा भाइमसला आयात

बीरगंज –बीरगन्ज भन्सार नाका हुंदै विगत केही समय यता तिहारलाई लक्षित गर्दै झण्डै दुई अर्ब मूल्य बराबरको सुख्खा फलफुल, मिठाई तथा भाइमसला आयात भएको छ । यसबाहेक तिहारमा घर झिलिमिली बनाउनका लागि ६५ करोड मुल्य बराबरको बत्ती आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

बीरगन्ज भन्सार कार्यालय तथा ड्राईपोर्ट सुख्खा बन्दरगाह भन्सार कार्यालय बीरगञ्जले दिएको तथ्यांक अनुसार भारत, भियतनाम, अमेरिका, चीन, चिली, इण्डोनेसिया, मलेसिया, थाइल्यान्ड, पाकिस्तान, भुटान, ग्वाटेमालालगायत मुलुकबाट दुई अर्ब ५ करोड ७ लाख रुपैयाँ बराबरको काजु, किसमिस, पेस्ता, अलमन्ड बदाम, नरिबल, छोकरा, सुपारी, मखन लगायत विभिन्न ब्राण्डका ड्राई मिठाई तथा चकलेट आयात भएको छ ।

बिशेषगरी तिहारमा भाई मसलाको लागि प्रयोग गरिने मिठाई तथा ड्राई फलफुलहरु स्वदेशमै उत्पादन नहुँदा चाडवाडमा विभिन्न मुलुकबाट मिठाई तथा ड्राई फलफुलहरु आयात हुँदै आएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

सामान्य दिनभन्दा भाई टिकामा भाइमसलाको अत्यधिक प्रयोग हुने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button