तपाईँ सुन्दै हुनुहुन्छः

धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाइदै

काठमाडौं । विश्वकै प्राचीन चिकित्सा पद्धति मानिने आयुर्वेदका प्रणेता धन्वन्तरीको जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

पूर्वीय दर्शन र आयुर्वेद चिकित्सा, स्वास्थ समृद्ध नेपालको आवश्यकता’ भन्ने मूल नाराका साथ धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाइएको हो ।

वि.सं. १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवी स्थापना भएपछि नेपालमा धन्वन्तरी जयन्ती मनाउन थालिए पनि आयुर्वेद चिकित्सक संघको पहलमा वि.स. २०५६ सालदेखि यो दिनलाई राष्ट्रिय आरोग्य दिवसका रुपमा पनि मनाउँदै आइएको छ ।

दिवसको अवसरमा आज नरदेवी आर्युवेद क्याम्पस, सिंहदरबार वैद्यखाना तथा धन्वन्तरी अस्पताल लगायत आयुर्वेद चिकित्सा क्षेत्रसम्बद्ध संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरी राष्ट्रिय आरोग्य दिवस मनाउँदै आयुर्वेद क्षेत्रका प्रणेता धन्वन्तरीको स्मरण गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button