तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय टिमबाट नेयमार ‘आउट’, एलिसन ‘इन’

एजेन्सी । ब्राजिलले अर्को महिना हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ जहाँ ब्राजिलियन तथा पिएसजीका स्टार नेयमार पहिलो पटक राष्ट्रिय टिम बाहिर परेका छन् ।

ब्राजिली टिममा गोलकिपर एलिसनले पुनरागमन गरेका छन् । उनी चोटका कारण टिम बाहिर रहेका थिए । नाईजेरियविरुद्वको खेलमा चोट बोकेका नेयमार केही हप्ता मैदानबाहिर रहने पक्का भएको थियो ।

सोही कारण उनले अर्जेन्टिनाविरुद्वको मैत्रीपूर्ण खेल गुमाउने अवस्था आएको हो । भिनिसियस जुनियर समेत यस पटक टिममा अटाएका छैनन । तर रोड्रिगो पहिलो पटक राष्ट्रिय टिममा अटाएका छन् । त्यस्तै अल्भेस, एभर्टन र एलान समेत टिममा समावेश भएका छन् ।

ब्राजिलले नोभेम्बरमा अर्जेन्टिना र कोरियासंग खेल्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button