२०७९ साल भदौ ३ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा भट्टराईको नाम सिफारिस

रेडियो नेपाल २०७६ कार्तिक ९ गते ९:२०

पोखरा । यही मङ्सिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

शुक्रबार बसेको नेकपा कास्की जिल्ला कमिटी बैठकले भट्टराईलाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो । बैठकमा उपनिर्वाचनका लागि भट्टराईको एकल नाममा सबैको सहमति जुटेपछि उहाँको नाम सिफारिस गरिएको थापाले बताउनुभयो ।

भट्टराई नेता रवीन्द्र अधिकारीकी पत्नी हुनुहुन्छ । तत्कालीन पर्यटनमन्त्री अधिकारीको गत वर्ष फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।

सम्बन्धित