तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीबाट बाङडुङ सिद्धान्तमाथिको छलफलको अध्यक्षता   

Image

बाकु (अजरबैजान)  प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न अभियान(नाम)का राष्ट्र तथा सरकार प्रमुखहरुको अठारौँ शिखर सम्मेलनको उद्घाटनपछिको पूर्णसत्रको आज स्थानीय समयानुसार अपराह्न अध्यक्षता गर्नुभएको छ ।

नाम सम्मेलनको प्रमुख विषय ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ रहेको छ । बैठक बाकु कन्भेन्सन सेन्टरमा आयोजना भइरहेको छ ।

असंलग्न आन्दोलनका वर्तमान अध्यक्ष गणतन्त्र अजरबैजानका राष्ट्रपति इलहाम अलियेभपछि उक्त सत्रमा प्रधानमन्त्री ओलीले अध्यक्षता लिनुभएको हो । उहाँले १९ औँ राष्ट्र वा सरकार प्रमुखको सम्बोधनसम्म सो बैठकको अध्यक्षता गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले २० औँ सरकार प्रमुखका रुपमा सो छलफललाई सम्बोधन गर्नुहुनेछ । यसपछि राष्ट्रपति अलियेभले पुनः अध्यक्षता लिनुहुने जनाइएको छ ।

रासस/   विशेष प्रतिनिधि मनोज कार्की बाकु

प्रतिक्रिया राख्नुहोस्

Back to top button