तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ ।

दूधमा आत्मनिर्भर उक्त नगरपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो ।

नगरपालिकाले दुई वर्षदेखि पशु बिमा रकममा ५० प्रतिशत अनुदान पनि दिँदै आएको छ । अनुदानमा साना किसानको पहुँच बढाउँदै दुग्ध उत्पादनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको नगरप्रमुख वासुदेव घिमिरेले बताउनुभयो ।

नगरपालिकाले चालू आर्थिक वर्षमा दुग्ध उत्पादक किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान दिने गरी दुग्ध उत्पादक सहकारीमार्फत किसानलाई अनुदान दिने व्यवस्था मिलाएको हो ।

किसानले एक वर्षमा जति लिटर दूध सहकारीमार्फत बिक्री गर्छन् सोहीअनुसार अनुदान प्राप्त गर्ने उपप्रमुख जागेश्वरी चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button