तपाईँ सुन्दै हुनुहुन्छः

एकताका सानातिना अप्ठ्यारा सहज रुपले समाधान हुन्छ

फाइल तस्बिर

बिराटनगर – नेपाल कम्युुनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई आँखाको नानी जस्तैे प्यारो बनाउनुुपर्ने बताउनु भएको छ ।

नेकपा मोरङले बिराटनगरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उँहाले पार्टी एकतालाई अप्ठ्यारो  नमानिकन आखाको नानी जस्तै प्यारो बनाउनुपर्नेमा जोड दिनुभयो ।

पार्टी एकतामा केही सानातिना अपठ्यारा होलान् तर जस्तोसुुकै अपठ्यारा र चुुनौतीलाई पार गर्दै आएको इतिहास साछी पार्टीमा रहेकाले सानातिना अपठ्यारा सहज रुपले समाधान हुुने उँहाले दाबी गर्नुभयो । उँहाले दुई करोड नेपाली जनताको सर्मथन रहेको पार्टी कसैसँग डराउनु आबश्यक नभएको उहाले बताउनुभयो ।

अध्यक्ष दाहालले जनताको मालिक नभएर जनताको सेवक भएर पार्टीका नेताहरुले काम गर्न सके आफनो पार्टीलाई कसैले हराउन नस्कने बताउनुुभयो । उँहाले आफु भित्र घमण्ड र अहंकार देखापरे हामीलाई कसैले हराउनु पर्दैन हामी आफै हार्छौ भन्नुहुदै  उँहाले जनताको सेवक भएर मुलुकको समृद्धिका लागि सबैले सकल्प  गर्पनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्री एंव नेकपा स्कुुल बिभाग प्रमुुख इश्वर पोखरेलले दुुबै पार्टीको एकता क्षणीक स्वार्थका निम्ति नभई बिकास र समवृद्धिको आवश्यकता एकता कहिलेपनि तलमाथी नहुुने र एकताको झण्डालाई थप माथी उठाउँदै जाने बताउनुुभयो । उहाले बर्तमान सरकार मुलुक बनाउने र मुलुकको कायापलट गर्र्ने योजना बोकेर अघि बढिरहेकाले सबैलाई सहयोग पुर्याउन आग्रह गर्नुभयो । उहाले चुनावको बेला जनताँंग गरेको प्रतिवद्धता पुरा गर्ने गरी सरकारले विकास निमार्णका योजनालाई अघि बढाएको बताउनुभयो ।

उहाले कानुन निमार्ण भई बिकास निमार्णको वर्षमा मुलुक प्रबेश गरेकाले जनताको सेवा प्रभा, सुशासनलगायत सबै क्षेत्रमा कामले गति लिएको दावी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button