तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा टि ट्वान्टी बीपीएल क्रिकेट हुने

वीरगञ्ज । आगामी मंसिरमा वीरगञ्जमा टि ट्वान्टी बीपीएल क्रिकेट प्रतियोगिता हुने भएको छ ।

युनाईटेड क्रिकेट क्लब वीरगञ्जले मंसिर १४ देखि २१ गतेसम्म नारायणी रंगशालामा प्रतियोगिता आयोजना गर्ने भएको हो ।

मोफसलमा क्रिकेट खेलको प्रबद्र्धन गर्ने उद्देश्यले खेल आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा विभिन्न आठ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टिमलाई दुई लाख ५० हजार र उप विजेतालाई १ लाख ८० हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button