तपाईँ सुन्दै हुनुहुन्छः

फुटलसका प्रशिक्षक गुरुङलाई एक खेल प्रतिबन्ध

अजय बम । नेपाली फुटलस टिमका प्रशिक्षक विष्णु गुरुङ एक खेलको प्रतिबन्धमा परेका छन । एएफसीको अनुशासन कमिटीले उनलाई एक खेलको प्रतिबन्धमा पारेको हो ।

एएफसी फुटसल च्याम्पियनसिप अन्तर्गत ताजिकिस्तान विरुद्धको खेलमा गुरुङले अनुशासन विपरीत गतिविधि गरेको भन्दै रेफ्रिले कारवाहीका लागि सिफारिस गरेका थिए । उनको यो कारवाही जारी एएफसी फुटसल च्याम्पियनसिपमा लागु हुनेछ । २४ अक्टोबरमा भएको खेलमा गुरुङले गरेको हरकतका कारण कारवाही गरेको हो ।

यसका साथै गुरुङलाई एक हजार अमेरीकी डलर पनि जरिवाना लगाएको छ । गुरुङलाई लगाएको जरिवाना ३० दिनमा तिर्नुपर्ने पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button