तपाईँ सुन्दै हुनुहुन्छः

अवैध रुपमा भित्र्याइएको ४० लाख मुल्य बराबरको कपडा बरामद

बीरगंज–भारतबाट अवैध रुपमा भित्र्याउदै गरेको अवस्थामा बाराको सिम्रा्रैनगढ नगरपालिका भगवानपुरबाट प्रहरीले ४० लाख मुल्य बराबरको कपडाहरु बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले आज पत्रकार सम्मेलनको आयोजना गरी सिम्रौनगढको भगवानपुर निवासी संजय जैसवालको घरमा गएराति छापामारी अवैध रुपमा लुकाएर राखिएको अवस्थामा ३९ लाख ४६ हजार ६१ रुपैया मूल्य बराबरको भारतीइ कपडा बरामद गरिएको बाराका प्रहरी उपरिक्षक विकासराज खनालले बताउनुभयो ।

छापामारीको क्रममा जैसवालको घरबाट बिभिन्न किसिमको साडी, सर्टिङ्ग, सुटिङ्ग, कुर्ता, सुरुवाल, लहँगा, गम्छा, बच्चाको सुट लगायत कपडा बरामद गरिएको प्रहरी उपरिक्षक खनालले बताउनुभयो ।

बरामद गरिएको कपडा आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार पठाईएको बाराका प्रहरी नायब उपरिक्षक एवम प्रवक्ता रंजितसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यसअघि असोज १९ गते पनि सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ६ को सानो ईटवालका मोजाहिर मियाको घरमा छापामारी प्रहरीले ३३ लाख ९० हजार रुपैयाँ मुल्य बराबरको भारतीय कपडा बरामद गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button