तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात समूहद्वारा बीरगंज महानगरपालिकाको कर्मचारीको हत्या

बीरगंज – वीरगञ्ज महानगरपालिकाका कर्मचारीलाई अज्ञात समूहले हत्या गरी बोरामा पोको पारेर शव नगवा पोखरीको डिलमा फालेको अवस्थामा आज दिउँसो फेला परेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ४० वर्षिय बुनिलाल चौरसियाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र त्यस पश्चात उनको शव बोरामा पोको पारेर पोखरीमा फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगन्ज महानगरपालिकाको वारुण यन्त्रमा काम गर्दै आएका चौरसिया हिजो साँझ कार्यालयबाट घर आएको र घरबाट बजार निस्किएपछि अचानक बेपत्ता भएका थिए ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टका लागि नारायणी अस्पतालमा पठार्ईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button