तपाईँ सुन्दै हुनुहुन्छः

उपभोक्त गुनासो एप्स सञ्चालनमा

काठमाडौं ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्तको गुनासो सुन्न आजबाट उपभोक्त गुनासो एप्स सञ्चालनमा ल्याएको छ ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज एप्सको उद्घाटन गर्दै उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उपभोक्ताको हक अधिकार स्थापित गर्न सहज रुपमा गुनासो सुन्न एप्स सञ्चालनमा ल्याइएको बताउनुभयो ।

उहाँले सरकारी निकायबाट हुने सेवा प्रवाह र बजार अनुगमनलाई प्रभावकारी बनाउँदै उपभोक्ताको गुनासोलाई तत्काल सुनवाई गर्न एप्सले सहयोग पु¥याउने बताउनुभयो । उपभोक्ताले सो एप्स मोवाइलमा डाउनलोड गर्नसक्ने र मोवाइलमा डाउनलोड गरिएको एप्स मार्फत उपभोक्ताले आफ्नो गुनासो विभागमा पठाउन सक्नेछन् ।

विभागले आजबाट सञ्चालनमा ल्याएको एप्सले उपभोक्तालाई आफ्नो अधिकार संरक्षणमा जारुक, सक्रिय, पारदर्शी र जिम्मबार बनाउँदै व्यवसायीलाई उपभोक्तामुखी बन्न र बजारलाई स्वच्छ तथा प्रतिष्पर्धी बनाउन सहयोग पु¥याउन अपेक्षा गरेकोे छ ।
विभागले चालु आर्थिक बर्षमा १ हजार वटा व्यवसायको अनुगमनको लक्ष्य लिएको ३ महिनाको अवधिमा ६ सय ६४ व्यवसायको अनुगमन समेत गरेको छ ।
अनुगमनका क्रममा ४६ वटा कारोबार रोक्का गरिएको, १ सय ९९ वटालाई सुधार गर्न निर्देशन दिएको र १ सय २३ वटालाई स्पष्टिकरण सोधिएको विभागले जनाएको छ ।
विभागले अनुगमनका क्रमा २ सय ४५ वटा व्यवसायलाई ४७ लाख १५ हजार रुपैया जरिवाना गरिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button