तपाईँ सुन्दै हुनुहुन्छः

स्थिर सरकारका कारण देशमा कानूनी शासनको प्रत्याभूति भैरहेको छ : भीमबहादुर रावल

अछाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले राजनीतिलाई अपराधीकरणबाट बचाउनुपर्ने बताउनुभएको छ ।

प्रेस सङ्गठनले मङ्गलसैनमा गरेको पत्रकार सम्मेलनमा उहाँले पछिल्लो समय उच्चपदस्द व्यक्ति धमाधम पक्राउ परिरहेको कुराप्रति इङ्गित गर्दै वर्तमान सरकारले आपराधिक घटना न्यूनीकरणमा प्रभावकारी र कडाइका साथ कदम चालिरहेको बताउनुभयो ।

 

स्थिर सरकारका कारण देशमा कानूनी शासनको प्रत्याभूति भइरहेको उहाँको भनाइ छ । रौतहटको घटना नेपालको कानून र अन्तरराष्ट्रिय कानूनविपरीतको जघन्य अ पराध भएकाले यसमा संलग्नलाई छुट दिन नहुने उहाँको तर्क छ । नेता रावलले पार्टीका बैठक नियमित हुनुपर्ने र सरकारको कामको पनि समीक्षा गर्नुपर्ने बेला भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button